वैशाखमा चुनाव हुन्छ : मुख्यमन्त्री गुरुङ



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड-माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फुट आएसँगै प्रदेश सरकारहरु मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र मन्त्रीहरु हटाउने होड देखिएको छ । तर गण्डकीमा प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छैन भने ओली समूहमा रहेका मुख्यमन्त्री गुरुङले अर्को समूहका मन्त्रीहरुलाई हटाएका पनि छैनन् ।

अहिले हटाउने योजना नरहेको उनले बताए । ‘मलाई एकता नचाहिने भए उतातिरका मन्त्रीहरुलाई हटाइदिन सक्थेँ हटाएको छैन नि,’ नेपाल लिटरेचर फेस्टिभलको ‘प्रदेशबाट देखिएको देश’ सत्रमा मुख्यमन्त्री गुरुङले भने, ‘उहाँहरुले आफैं राजीनामा दिए मेरो केही लाग्दैन तर मैले उहाँहरुलाई हटाउँदिन ।’

वैशाखमा चुनाव हुन्छ

मुख्यमन्त्री गुरुङले संसद विघटनको बचाउ गरे । संसद भंग गरेर प्रधानमन्त्रीले अप्रजातान्त्रिक काम गरेको भन्नु गलत भएको उनको दाबी छ । ‘पार्टीको विवादले काम गर्न पाइनँ, अनुशासनहीन मान्छेले कामै गर्न दिएनन् । यिनीहरु ठीक कि म ठीक तपाईंहरुले नै छुट्याइदिनुस् भनेर प्रधानमन्त्री जनतामा जानुभएको हो,’ मुख्यमन्त्रीले भने, ‘वैशाखमा चुनाव हुन्छ ।’

उनले नेपालमा देशभक्त नेतालाई खुइल्याउन र अस्थिरता फैलाउने प्रयास भइरहेको बताए । ‘देशभक्ति र समृद्धिका हिसाबले जनतामा स्थापित नेतालाई खुइलयाइदिए सकियो नि, आरोपपत्र त्यसमध्ये एउटा हो,’ मुख्यमन्त्री गुरुङले भने ।

मदन भण्डरीको अवसानपछि नेतृत्वमा माधवकुमार नेपाल देखिए पनि विचारको नेतृत्व केपी शर्मा ओलीले गरेको दाबी गरे । ‘त्यसपछि वामदेव गौतमले हो,’ उनले भने ।

भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुख आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुलाई गलत ढंगले बुझिएको उनको दाबी छ । भारतका प्रधानमन्त्रीले मेरो मान्छे भेटिदिनुपर्‍यो भनेपछि नेपालका प्रधानमन्त्रीले भेटेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस
आजदेखि नयाँ शैक्षिकसत्र सुरु

    आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख...

सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...