गण्डकी प्रदेशमा ओली पक्ष एक्लैको बहुमत



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै प्रदेश सरकारहरुमा पनि हलचल आइरहेको छ । प्रदेश २ बाहेकका प्रदेश सरकारहरु संकटमा परेको चर्चा भइरहेका बेला गण्डकी प्रदेश सरकार पनि सुरक्षित जोनमा पुगेको छ । त्यहाँ सरकारमा सहभागी भएको राष्ट्रिय जनमोर्चाले आफ्नो समर्थन कायमै राख्ने भएपछि पृथ्वीसुब्बा गुरुङको सो सरकार नढल्ने लगभग पक्का भएको छ ।

मुख्यमन्त्री सुब्बा केपी ओली निकटका नेकपा नेता हुन् । ‘संघीय संसद विघटन असंवैधानिक भएको र पार्टीले त्यसको विरोध गरिरहेको भए पनि प्रदेश सरकारलाई दिएको समर्थन भने यथावत राखेको हो । गण्डकी प्रदेशसभामा जनमोर्चाका २ जना प्रत्यक्ष र १ जना समानुपातिक सांसद छन् । त्यस्तै ओली समूहका २७ जना सांसद रहेका छन् ।

जनमोर्चाले साथ दिएपछि यो संख्या ३० पुगेको छ । अविश्वासको प्रस्तावका लागि १ चौथाइ सांसद संख्या चाहिन्छ । ६० सदस्सीय प्रदेश सभामा ३० जना ओली समूहलाई नै सहयोग गर्ने भएका हुन । गण्डकी प्रदेशमा १३ जना प्रचण्ड–नेपाल पक्षका सांसद छन् । जसमा १२ जना प्रचण्डका हुन भने १ जना नेपालका हुन् । प्रदेशमा १५ जना नेपाली कांग्रेसका सांसदहरु छन्, २ जना जनता समाजवादी पार्टीका सांसदहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...