पार्टीको नेतृत्व र विचारको मातहत गोलबन्द जरुरी छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

नेकपाका केन्द्रिय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सलाहकार सूर्य थापाले समाजिक संजाल फेसबुक मार्फत यतिबेला हरेक कार्यकर्ता र समर्थकहरू पार्टीको सही नेतृत्व र विचारको मातहत गोलबन्द हुनु अहं दायित्व रहेको बताएका छन । उनले भनेका छन मनका गुनासाे पाेखेर समय खेर फाल्ने समय याे हाेइन, यतिबेला हरेक कार्यकर्ता र समर्थकहरू पार्टीकाे सही नेतृत्व र विचारकाे मातहत गाेलबन्द हुनु अहं दायित्व बनेकाे छ ।

यतिबेला पूर्व धारकाे संकीर्णता, पूर्व गुटहरूकाे असमझदारी र स्थानीय अन्तर्विराेधमा अल्मलिने वा किन्तु, परन्तु, यद्यपि, तथापि, वा, तर र तापनि भनेर व्यक्तिगत रूपमा भ्रमित हुने अथवा अलमलिने गल्ती कसैले पनि नगराैं ।।
केही नेताहरू पार्टी विभाजन गरी अलग भएका छन, याे तिनले राेजेकाे बाटाे हाे । पार्टी कब्जा गर्ने तिनकाे छलछामपूर्ण काेसिश अन्तत: उदांगाे नै भएको छ ।
अब तिनीहरू अवसरवादी साेंचाईहरू त्यागेर भूलसुधार गरी पार्टीमा फर्किन सक्ने छन् । तथाकथित एकताकाे माैकापरस्त रटानमा पनि काेही अलमलिनु आवश्यक छैन ।
समयमै सचेत र जागृत हुँदै सही नेतृत्व र पार्टी छनाेट गर्ने पहलकदमीका साथ आँधी तुफानमय सक्रियता प्रदर्शन गराैं ।
शीर उचाे पारेर स्वाभिमानका साथ यस पुनित कार्यमा दृढताका साथ अघि बढाैं । उनले भनेका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...