पार्टीको नेतृत्व र विचारको मातहत गोलबन्द जरुरी छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

नेकपाका केन्द्रिय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सलाहकार सूर्य थापाले समाजिक संजाल फेसबुक मार्फत यतिबेला हरेक कार्यकर्ता र समर्थकहरू पार्टीको सही नेतृत्व र विचारको मातहत गोलबन्द हुनु अहं दायित्व रहेको बताएका छन । उनले भनेका छन मनका गुनासाे पाेखेर समय खेर फाल्ने समय याे हाेइन, यतिबेला हरेक कार्यकर्ता र समर्थकहरू पार्टीकाे सही नेतृत्व र विचारकाे मातहत गाेलबन्द हुनु अहं दायित्व बनेकाे छ ।

यतिबेला पूर्व धारकाे संकीर्णता, पूर्व गुटहरूकाे असमझदारी र स्थानीय अन्तर्विराेधमा अल्मलिने वा किन्तु, परन्तु, यद्यपि, तथापि, वा, तर र तापनि भनेर व्यक्तिगत रूपमा भ्रमित हुने अथवा अलमलिने गल्ती कसैले पनि नगराैं ।।
केही नेताहरू पार्टी विभाजन गरी अलग भएका छन, याे तिनले राेजेकाे बाटाे हाे । पार्टी कब्जा गर्ने तिनकाे छलछामपूर्ण काेसिश अन्तत: उदांगाे नै भएको छ ।
अब तिनीहरू अवसरवादी साेंचाईहरू त्यागेर भूलसुधार गरी पार्टीमा फर्किन सक्ने छन् । तथाकथित एकताकाे माैकापरस्त रटानमा पनि काेही अलमलिनु आवश्यक छैन ।
समयमै सचेत र जागृत हुँदै सही नेतृत्व र पार्टी छनाेट गर्ने पहलकदमीका साथ आँधी तुफानमय सक्रियता प्रदर्शन गराैं ।
शीर उचाे पारेर स्वाभिमानका साथ यस पुनित कार्यमा दृढताका साथ अघि बढाैं । उनले भनेका छन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...