संसद पुनःस्थापना हुदैन : बाबुराम भट्टराई



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुरामले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन् ।

राजधानीमा आज आयोजित विरोध प्रदर्शनलाई शान्तिवाटिकामा सम्बोधन गर्दै डा. भट्टराईले सभामुखले नै प्रतिनिधिसभा बैठक बोलाएर विघटनलाई अमान्य घोषणा गर्नु राजनीतिक निर्णय हुने बताए ।

भट्टराईले भने– अदालतबाट आशा त गरौं तर भर नपरौं । अदालत सार तत्वमा जाँदैन, उसले विधि र प्रमाण खोज्छ । त्यसैले म कांग्रेसलगायतका साथीहरुलाई आग्रह गर्न चाहन्छु न्यायालयबाट आशा गरौं तर ढुक्क नबनौं ।

डा. भट्टराईले सभामुखले संसद बैठक राख्ने र अत्यधिक बहुमत सांसद सहभागी भएर जनतामा निहित सार्वभौमसत्ता प्रयोग गर्नुपर्ने बताए । उनले सांसदले नै यसको फैसला गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमाा प्रस्तुत भएका भट्टराईले प्रधानमन्त्री ओलीलाई फाल्न सबै पार्टीको संयुक्त जनआन्दोलन गर्नसमेत प्रस्ताव राखेका छन् । उनले ओलीले चुनाव गराउने भ्रममा नबस्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...