संसद पुनःस्थापना हुदैन : बाबुराम भट्टराई



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुरामले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन् ।

राजधानीमा आज आयोजित विरोध प्रदर्शनलाई शान्तिवाटिकामा सम्बोधन गर्दै डा. भट्टराईले सभामुखले नै प्रतिनिधिसभा बैठक बोलाएर विघटनलाई अमान्य घोषणा गर्नु राजनीतिक निर्णय हुने बताए ।

भट्टराईले भने– अदालतबाट आशा त गरौं तर भर नपरौं । अदालत सार तत्वमा जाँदैन, उसले विधि र प्रमाण खोज्छ । त्यसैले म कांग्रेसलगायतका साथीहरुलाई आग्रह गर्न चाहन्छु न्यायालयबाट आशा गरौं तर ढुक्क नबनौं ।

डा. भट्टराईले सभामुखले संसद बैठक राख्ने र अत्यधिक बहुमत सांसद सहभागी भएर जनतामा निहित सार्वभौमसत्ता प्रयोग गर्नुपर्ने बताए । उनले सांसदले नै यसको फैसला गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमाा प्रस्तुत भएका भट्टराईले प्रधानमन्त्री ओलीलाई फाल्न सबै पार्टीको संयुक्त जनआन्दोलन गर्नसमेत प्रस्ताव राखेका छन् । उनले ओलीले चुनाव गराउने भ्रममा नबस्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...