चीनियाँ प्रतिनिधिमण्डल काठमाण्डौँ आउँदै, ओली अझै शक्तिशाली बन्ने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाेउको नेतृत्वको टोली काठमाडौं पठाएको हो ।

चीनियाँ राजदूत होउ यान्छीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न नेताहरुसँग भेट गरेकी छन् । चीनले नेकपा विभाजन हुन नदिन यसबीचमा पटक पटक प्रयास गरेको थियो ।

चीनियाँ नेताले कस-कसलाई भेट्दैछन् भन्ने औपचारिक रुपमा जानकारी दिइएको छैन । तर नेकपाका दुवै पक्ष सहित विपक्षमा रहेका अन्य पार्टीका नेतासँग पनि भेट गर्न सक्ने स्रोतले जनाएको छ ।

राजदूत यान्छीले जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतसँग पनि भेट गरेकी थिइन् । चीनले नेकपा विभाजनपछि नेपालको अवस्था कता जान्छ भन्ने चासो व्यक्त गरेको छ ।

चीन अझै पनि नेकपालाई एकीकृत अवस्थामा फर्काउन प्रयासरत रहेको स्रोतहरु बताउछन् । भारतीय सञ्चारमाध्यमहरुले चीनिया राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङ आफैंले पहल लिएर उच्चस्तरीय टोली नेपाल पठाउन लागेको टिप्पणी गरेका छन् ।

सोङ ताओ प्रमुख रहेको चीनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग चीनिया राष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिने महत्वपूर्ण निकाय हो ।

आज नेपाल आउन लागेका गुझाेउ विभागका दोस्रो वरियताका उपमन्त्री हुन् । ताओ यसबीचमा दुई पटक नेपाल आइसकेका छन् । यो विभागमा अन्य ५ जना सहित ७ जना नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...