चीनियाँ प्रतिनिधिमण्डल काठमाण्डौँ आउँदै, ओली अझै शक्तिशाली बन्ने



 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाेउको नेतृत्वको टोली काठमाडौं पठाएको हो ।

चीनियाँ राजदूत होउ यान्छीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न नेताहरुसँग भेट गरेकी छन् । चीनले नेकपा विभाजन हुन नदिन यसबीचमा पटक पटक प्रयास गरेको थियो ।

चीनियाँ नेताले कस-कसलाई भेट्दैछन् भन्ने औपचारिक रुपमा जानकारी दिइएको छैन । तर नेकपाका दुवै पक्ष सहित विपक्षमा रहेका अन्य पार्टीका नेतासँग पनि भेट गर्न सक्ने स्रोतले जनाएको छ ।

राजदूत यान्छीले जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतसँग पनि भेट गरेकी थिइन् । चीनले नेकपा विभाजनपछि नेपालको अवस्था कता जान्छ भन्ने चासो व्यक्त गरेको छ ।

चीन अझै पनि नेकपालाई एकीकृत अवस्थामा फर्काउन प्रयासरत रहेको स्रोतहरु बताउछन् । भारतीय सञ्चारमाध्यमहरुले चीनिया राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङ आफैंले पहल लिएर उच्चस्तरीय टोली नेपाल पठाउन लागेको टिप्पणी गरेका छन् ।

सोङ ताओ प्रमुख रहेको चीनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग चीनिया राष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिने महत्वपूर्ण निकाय हो ।

आज नेपाल आउन लागेका गुझाेउ विभागका दोस्रो वरियताका उपमन्त्री हुन् । ताओ यसबीचमा दुई पटक नेपाल आइसकेका छन् । यो विभागमा अन्य ५ जना सहित ७ जना नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले फागुन २ र ३ गते चौथो रोजगारी मेला आयोजना गर्ने

        बुढानीलकण्ठ नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको

प्रचण्डले कर्णालीका भूकम्पपीडितलाई झुक्याएको जनार्दनको आरोप

    नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

     प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको