भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए ।

उनका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको नापजाँच गरिसक्ने र चैतबाट लालपूर्जा वितरण गर्ने लक्ष्य छ । ‘जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः समाधान गर्दै जाने तर सहजरूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पूर्जा वितरणको काम थालनी गर्ने योजना छ,’ अध्यक्ष ज्ञवालीले भने ।

देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उनले बताए । आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै उनले विगतमा बनेका आयोगजस्तो समस्या नआउने दाबी गरे ।

आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै उनले आयोग लालपूर्जा वितरणको काममा सफल हुनेसमेत बताए । ‘आयोग असफल हुने कुरै छैन, यसले काम गर्छ,’ अध्यक्ष ज्ञवालीले भने, ‘आयोगलाई असफल हुने दिइने छैन, यसका लागि कसैले बाधा पुर्याउनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...