ओलीले प्रदेशसभा पनि भंग गर्छन् – प्रचण्ड



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगसँगको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको भन्ने आफूलाई विश्वास नरहेको बताएका छन् ।शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष रुपमा संविधानको पक्षमा फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रचण्डले भने–कमरेड केपी ओलीले सोच्नु भएको होला म जस्तै सबै जालीझेली र सेटिङमै चल्छन् । तर उहाँ त्यस्तो भ्रममा नपरे हुन्छ । हामीले यो प्रतिनिधिसभा विघटन स्वीकार गरेका छैनौं र संसद जीवितै छ ।आफूहरुले ओलीका सामान्य कमजोरी औंल्याउँदा संसदनै विघटन गरिदिएको भन्दै त्यस्तै सनकले प्रदेशसभा पनि भंग गर्न सक्ने बताए । प्रचण्डले भने–उहाँले प्रदेशसभा पनि भंग गर्दिन सक्नुहुन्छ । त्यसपछि उहाँ सम्पूर्ण रुपमा ध्वस्त भएर इतिहासमै कलंकित नहुन्जेल यस्ता कर्म गरिरहनुहुन्छ । यो भनेको उहाँ सफल हुने बाटो होइन ।

प्रचण्डलाई मटियामेट पार्ने मिसनमा ओलीले आफू बस्ने कुर्सीनै हटाइदिएको समेत उनले बताए । उनले माधव नेपालले आफूलाई कुर्सी बोकेर गएर ओलीलाई उता सर्नुस भन्ने आग्रह समेत गरेको सुनाउँदै प्रचण्डले आफू त्यहि दिनबाट सात जनाको लहरमा पुगेको बताए ।प्रचण्डले भने–माधवजीले त म भए कुर्सी बोकेर उता सर्नुस भन्थेँ भन्नुहुन्थ्यो । तर म त लुत्रुक भएर उहाँहरुले जहाँ राख्यो कुर्सी त्यहिँ गएर बसेँ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...