प्रतिनिधिसभा विघटनमाथि संवैधानिक इजलासमा सुनुवाई शुरु



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको प्रारम्भिक सुनुवाई संवैधानिक इजलासमा शुरु भएको छ । आज रिट निवेदकहरुको तर्फबाट बहस हुनेछ ।

दुवै पक्षका बहस र राय सुन्नुपर्ने भएकाले सुनुवाई केही दिन लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा शुरु भएको बहसमा भाग लिन बरिष्ठ अधिवक्ताहरु सर्बोच्च अदालत पुगेका छन् ।

आजै विहान प्रधानन्यायाधीश राणाले न्यायाधीशहरु हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसीलाई संव्ैधानिक इजलास तोकेका थिए ।

न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् । प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यसको टुंगो लगाउन संवैधानिक इजलासमा पठाउने आदेश राणाको एकल इजलासले बुधवार दिएको थियो । रिट निवेदक र बहसकर्ताहरुको सूची लामो भएकाले सुनुवाई लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...