दुई अध्यक्ष प्रणाली अश्वीकार गछौँ : प्रभु साह



हाम्रो इकोनोमि

 

प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो असहमति कायम राख्दै दुई अध्यक्ष प्रणालीलाई अश्वीकार गर्ने बताएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा केन्द्रीय सदस्य साहले दुई अध्यक्ष प्रणालीले पार्टी र सिंगो व्यवस्थानै अस्तव्यस्त बनाएको भन्दै प्रचण्ड नेतृत्वको समूहले विगतको त्यही गल्तिलाई दोहोर्याएको आरोप लगाएका छन् ।

साहले विज्ञप्ति भनेका छन्– असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणली जस्तो गम्भीर विषयमा छलफल नै नगरी भएको गलत निर्णयप्रति औपचारिक एवम् अनौपचारिक रुपमा पटक–पटक सुझाव एवम् विमति जाहेर गर्दागर्दै पनि निषेध एबम् निरंकुशताको शैलीमा अगाडि बढेकोप्रति मेरो गम्भीर असहमति एवम् आपत्ति छ । उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणली अश्वीकार गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...