ओली नेतृत्वको नेकपामा गृहमन्त्री थापा, छोडे प्रचण्ड गुट



हाम्रो इकोनोमि

 

तटस्थ बसेका नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले आफूलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपालाई साथ दिने अन्तिम तयारीमा छन् ।

प्रधानमन्त्री ओलीसँग बुधबार भेटवार्ता गरेका थापाले आफू निकटका नेताहरूसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई साथ दिन नसकिने जनाएको स्रोतले जनाएको छ । गृहमन्त्री थापाले ओलीलाई साथ दिन लागेको समाचारको उनको सचिवलयले पुष्टि भने गरेको छैन ।

नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले गृहमन्त्री थापासँग ओलीलाई साथ दिएर सँगै जान नसकिने बताएका छन् । बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा खरेलले लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन । तपाईँको प्रगति होस् ।’

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएको बताएका छन् ।

गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले थापाले ओलीलाई साथ दिन लागेको जानकारी पाएको बताएका छन् । केसीले आफू ओलीलाई साथ नदिने बताएका छन् । गृहमन्त्री थापानिकटका नेताद्वय देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड समूहमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...