सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रचण्ड– नेपाल पक्षले तयारी



हाम्रो इकोनोमि

 

विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको छ ।

विहान सिनामंगलमा शीर्ष नेताहरुबीचको छलफलपछि पाण्डेलाई महासचिव बनाउने तयारी भएको हो । अहिले प्रचण्ड पक्षधर नेकपाको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

महासचिवका लागि भीम रावल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, हरिबोल गजुरेल,वर्षमान पुन,जनार्दन शर्मा लगायतका नेताहरु प्रतिस्पर्धामा छन् । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।

सचिवालय र स्थायी कमिटीमा छलफलपछि केन्द्रीय कमिटीमा प्रस्ताव लगेर निर्णय हुनेछ । त्यसका लागि विहान ११ बजे निर्धारित बैठक अपरान्ह १ बजेलाई सरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...