रघुवीरले छोडे प्रचण्ड गुट, ओली पक्षमै फर्किए



हाम्रो इकोनोमि

 

मंगलवार दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकमा भाग लिएका नेकपा नेता रघुवीर महासेठ पुनः केपी ओली पक्षमा लागेका छन् । उनी पछिल्लो समय ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा लागेका थिए ।

मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर स्थायी कमिटी बैठकमा बसेका महासेठ केन्द्रीय कमिटी बैठकमा भने थिएनन् ।

स्थायी कमिटीमा बसेर निस्केका महासेठ केन्द्रीय कमिटीले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दासम्म नआएको र उनले माइन्युटमा हस्ताक्षर पनि नगरेको माधव नेपाल निकट एक नेताले बताए ।

स्रोतका अनुसार महासेठ हिजै साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि उनी आज प्रदेश-२ को प्रशिक्षणमा वक्ताका रुपमा राखिएका छन् ।

महासेठ पत्नी केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो भने ओली पक्षकै बैठकमा सहभागी भइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...