अविश्वासको प्रस्ताव साढे ३ बजे दर्ता भएको खुलासा, कसले गर्यो किर्ते



हाम्रो इकोनोमि

 

संसद सचिवालयले प्रतिनिधिसभा विघटनपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाका अध्यक्ष प्रचण्डसहितका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्न ल्याएको प्रष्ट पारेको छ । दर्ताको समय १० बजेर ५० मिनेट कि साढे ३ बजे भन्ने दुई थरी दाबी आएपछि सचिवालयले विज्ञप्तिमार्फत प्रष्ट पारेको हो ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा सभामुखको तोक आदेश बमोजिम पुस ५ गते दिउँसो साढे ३ बजे प्रस्ताव दर्ता भएको उल्लेख छ ।

अविश्वासको प्रस्ताव सभामुख समक्ष पेश गरी कार्यव्यवस्था शाखामा दर्ता हुने प्रचलन रहेको विज्ञप्तिमा उल्लेख छ । कार्यव्यवस्था शाखाले १० बजेर ५० मिनेटमा दर्ता भएको समय राखेको थियो । नेकपाका नेताहरुले पनि सोही समयमा आफूहरुले प्रस्ताव दर्ता गरेको भन्दै प्रतिनिधिसभा विघटन बदरयोग्य रहेको बताउँदै आएका छन् ।

संसद सचिवालयमा नेकपा नेताहरु अविश्वास प्रस्ताव दर्ता गर्न गएपछि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिश बमोजिम प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटन अघि नै अविश्वास प्रस्ताव दर्ता भएको जनाउन सभामुखको सचिवालयबाट दर्ताका क्रममा समय हेरफेर गरेको पाइएको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...