अविश्वासको प्रस्ताव साढे ३ बजे दर्ता भएको खुलासा, कसले गर्यो किर्ते



हाम्रो इकोनोमि

 

संसद सचिवालयले प्रतिनिधिसभा विघटनपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाका अध्यक्ष प्रचण्डसहितका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्न ल्याएको प्रष्ट पारेको छ । दर्ताको समय १० बजेर ५० मिनेट कि साढे ३ बजे भन्ने दुई थरी दाबी आएपछि सचिवालयले विज्ञप्तिमार्फत प्रष्ट पारेको हो ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा सभामुखको तोक आदेश बमोजिम पुस ५ गते दिउँसो साढे ३ बजे प्रस्ताव दर्ता भएको उल्लेख छ ।

अविश्वासको प्रस्ताव सभामुख समक्ष पेश गरी कार्यव्यवस्था शाखामा दर्ता हुने प्रचलन रहेको विज्ञप्तिमा उल्लेख छ । कार्यव्यवस्था शाखाले १० बजेर ५० मिनेटमा दर्ता भएको समय राखेको थियो । नेकपाका नेताहरुले पनि सोही समयमा आफूहरुले प्रस्ताव दर्ता गरेको भन्दै प्रतिनिधिसभा विघटन बदरयोग्य रहेको बताउँदै आएका छन् ।

संसद सचिवालयमा नेकपा नेताहरु अविश्वास प्रस्ताव दर्ता गर्न गएपछि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिश बमोजिम प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटन अघि नै अविश्वास प्रस्ताव दर्ता भएको जनाउन सभामुखको सचिवालयबाट दर्ताका क्रममा समय हेरफेर गरेको पाइएको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...