वामदेव र बादलको बेग्लै बैठक, तेस्रो समूह बनाउने तयारी



हाम्रो इकोनोमि

 

नेकपाका दुवै पक्ष एक अर्कालाई निषेध गरेर पार्टी फुटाउने प्रक्रियालाई वैधानिकता दिन लागेका बेला दुवै पक्षमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल भने बेग्लै छलफलमा जुटेका छन् ।

बबरमहलमा प्रचण्ड–माधव नेपाल पक्षको बैठक चलिरहेका बेला वामदेवलाई भेट्न बादल भैंसेपाटी पुगेका छन् । दुवै नेतालाई बैठकमा सहभागी हुन आग्रह गर्दै प्रचण्ड माधव नेपाललगायतका नेताहरु आज बिहान पनि उनीहरुको निवासमा पुगेका थिए ।

वामदेव र बादलबीच तेस्रो समूह बनाउने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । वामदेवलाई भेट्न बादल पौने दुई बजे भैंसेपाटी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...