हामीले दुई तिहाई ल्याउँछौं : ओली



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए ।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले केन्द्रीय कमिटी विस्तार गरेका छन् । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ र २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

हाल कायम रहेका ४४७ केन्द्रीय सदस्यमा ५५६ जना थप गरेका छन् भने १९६ जना थप्न बाँकी छ । मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने बताएका थिए ।

अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले नयाँ साथीहरु थपेर गतिशील बनाउन खोजेको ओलीले बताए । उनले अघि भने, ‘चुनाव हुनेमा कुनै दुविधा नराख्नुहोला । हाम्रो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।’

मध्यावधि चुनाव हाल घोषित मिति १७ र २७ गरी दुई चरण वा १७ गते एकै चरणमा चुनाव हुनसक्ने उनले बताएको केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...