ओली नेतृत्वको नेकपाको भोलि सातै प्रदेशमा भेला



हाम्रो इकोनोमि

 

पार्टी एकता कायम राख्ने र कसैलाई पनि कारबाही नगर्ने रणनीतिअनुरुप महाधिवेशनको नयाँ मिति घोषणा गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

त्यस्तै कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ ।

गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझी तोकिएका छन् भने बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ । बैठकले अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...