प्रचण्ड र नेपाललाई नेकपाको साधारण सदस्य पनि नरहनेगरी कारवाही



हाम्रो इकोनोमि

 

प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको साधारण सदस्य नरहनेगरी नेकपाको केन्द्रिय कमिटीले कारवाही गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।

बिहान नौ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु पर्ने भन्दै ढिला सुरु गरिएको छ । यसअघि नै स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ । प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...