टोपबहादुर रायमाझी र मणि थापा ओली क्याम्पमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गर्ने तयारी गरेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गरेर उक्त स्थानमा नयाँ सदस्य थप गर्ने ओली पक्षको तयारी छ ।

अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रीय समितिको बैठकले कारबाही तथा नयाँ सदस्य मनोनयनको निर्णय गर्ने बताइएको छ ।

यद्यपि, नयाँ सदस्यहरुको नाम सार्वजनिक गरिएको छैन । बैठकमा नयाँ सदस्यको नामावली प्रस्तुत गर्ने ओली समूहको तयारी छ । त्यसलगत्तै सपथग्रहण पनि हुने बताइएको छ ।

बैठक ९ बजेको लागि बोलाइए पनि अझै शुरु भएको छैन । केन्द्रीय सदस्यहरु बालुवाटार पुग्ने क्रम जारी छ ।

यसैबीच पूर्व माओवादी खेमाका टोपबहादुर रायमाझी र मणि थापा पनि बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । यसअघि पूर्व माओवादी खेमाका लेखराज भट्ट मात्र ओली पक्षमा खुलेका थिए । रायमाझी र थापा दुवै पक्षका भेला र बैठकमा सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...