प्रचण्डद्वारा रामचन्द्र पौडेललाई राष्ट्रपति अफर



हाम्रो इकोनोमि

 

नेकपाभित्रको विवाद चुलिदै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको अफर गर्नुभएको छ । शुक्रबार गोप्य रुपमा भएको भेटवार्तामा आफुहरुलाई साथ दिए राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको खुलासा भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालसहित भएको तीन जनाको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीमाथी महाअभियोग लगाउने तयारी भएकाले कांग्रेस भित्र माहौल बनाउन आग्रह गर्नुभएको स्रोतले जानकारी दिएको छ । प्रचण्डले देउवा ओलीसँग मिलेको आफुले बुझेको भन्दै उहालाई त्यता जान नदिएर हामीतर्फ मिलाए तपाईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिनु भएको स्रोतले दाबी गरेको हो ।

गृहजिल्लामा भारी मतले नेकपाका नेता किसान श्रेष्ठसँग पराजित भएपनि पुल उद्घाटनमा विशेष चासो राख्ने पौडेलले सो प्रस्ताव स्विकार गर्नुभएको थियो । उहाले संसद विघठनसँगै देउवालाई जसरी पनि नियन्त्रण गर्नुपर्ने भन्दै आफ्नो पक्षमा विगतदेखी लाग्दै आएका गगन थापा लगायतका नेतालाई सडक उतारिसक्नु भएको छ । एक व्यापारीको घरमा भएको भेटका विषयमा दुवै पक्षले केही पनि बताएका थिएनन् ।

पौडेलले देउवालाइ साथ लिन खोजेपनि आइतवार बसेको पदाधिकारीको बैठकले विघठन फिर्ता गर्नुपर्छ भनेर कुनै निर्णय गरेको छैन । कांग्रेसले आफुहरु लोकतन्त्रवादी भएको र निर्वाचनबाट भाग्न नसक्ने भन्दै केन्द्रीय समितिबाट थप निर्णय गर्ने बताएको छ । कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...