प्रचण्ड उपाध्यक्षसरहका मान्छे हुन्, मलाई कारबाही गर्ने आधार छैन : ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अनुशासनको कारवाही हुनै नसक्ने बताएका छन् ।

पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्षसरहको व्यक्ति भएको बताउँदै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि उनले कारबाही गर्न नसक्ने बताएका हुन् ।

आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट पूर्वसांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने दाबी गरेका हुन् ।

पार्टीको अध्यक्ष र संसदीय दलको नेता आफू भएकाले आफूले गरेका निर्णय मात्रै वैधानिक हुने दाबी ओलीको छ ।

आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा सचिवालय बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने जिकिर समेत ओलीले गरेको भेलामा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...