मन्त्री पुन सरकारी गलैचा बोकेर रातारात घरतिर टाप



हाम्रो इकोनोमि

 

निवर्तमान उर्जामन्त्री बर्षमान पुनले मन्त्री क्वाटर छाड्ने क्रममा सरकारी गलैचा आफैसँग लगेका छन् । आइतबार राति ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका पुनले सरकारी पैसामा किनिएको गलैचा आफैसँग लगेका हुन् ।

निवर्तमान मन्त्री पुनका स्वकीय सचिव युवराज घर्ती मगरले गलैचा लगेको विषयलाई अनावश्यक रुपमा उचालिएको बताएका छन् । मान्छेले केही नपाएपछि कमजोरी खोज्छ भन्दै सहयोगी युवराजले सरकारी गैलाचा नलगेको दाबी गरे ।

मन्त्रीहरूलाई बस्न दिइने गरिएको मन्त्री क्वाटरमा सरकारले नै कार्पेट, गलैचा, सोफा, कुर्सी लगायतका सामग्री दिने गरेको छ ।

निवर्तमान मन्त्री पुनले पिकअप गाडीमा ठूला–ठूला तीन वटा गलैचा राखेको तस्वीरमा देखिएको छ । पुनले गलैचा नै नलगेको भए हुने थियो भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । यसअघिका मन्त्रीहरूले पनि मन्त्री पद फुत्किएपछि सरकारी सामानहरू लगेर गएका धेरै समाचार आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...