मन्त्री पुन सरकारी गलैचा बोकेर रातारात घरतिर टाप



हाम्रो इकोनोमि

 

निवर्तमान उर्जामन्त्री बर्षमान पुनले मन्त्री क्वाटर छाड्ने क्रममा सरकारी गलैचा आफैसँग लगेका छन् । आइतबार राति ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका पुनले सरकारी पैसामा किनिएको गलैचा आफैसँग लगेका हुन् ।

निवर्तमान मन्त्री पुनका स्वकीय सचिव युवराज घर्ती मगरले गलैचा लगेको विषयलाई अनावश्यक रुपमा उचालिएको बताएका छन् । मान्छेले केही नपाएपछि कमजोरी खोज्छ भन्दै सहयोगी युवराजले सरकारी गैलाचा नलगेको दाबी गरे ।

मन्त्रीहरूलाई बस्न दिइने गरिएको मन्त्री क्वाटरमा सरकारले नै कार्पेट, गलैचा, सोफा, कुर्सी लगायतका सामग्री दिने गरेको छ ।

निवर्तमान मन्त्री पुनले पिकअप गाडीमा ठूला–ठूला तीन वटा गलैचा राखेको तस्वीरमा देखिएको छ । पुनले गलैचा नै नलगेको भए हुने थियो भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । यसअघिका मन्त्रीहरूले पनि मन्त्री पद फुत्किएपछि सरकारी सामानहरू लगेर गएका धेरै समाचार आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...