ओली पक्षका सांसदहरुको बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् । लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरूको बैठक बालुवाटारमा भएको छ। १७ र २७ वैशाखका लागि घोषणा गरिएको चुनावका विषय, पार्टीभित्रको विवाद र प्रतिनिधि सभा विघटनबारे ओलीले ब्रिफिङ गरेका छन्।

ओलीलाई भोली हुने केन्द्रीय समितिको बैठकबाट अनुशासनको कारबाही गर्ने हिजोको स्थायी समिति बैठको प्रस्तावका विषयमा पनि भएको बताइन्छ।

स्थायी समितिले उनलाई कारबाहीका लागि गरेको सिफारिस अमान्य हुने ओलीको ठहर छ। केन्द्रीय समितिको बैठकमा बहुमतले कारबाही गरिए ओलीले पार्टी विभाजन गर्नेछन्।

यसैबीच संसदीय दलबाटै नेकपा विभाजन हुन सक्ने विषयमा पनि चर्चा गरिएको छ। एक सांसदका अनुसार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताले विभाजनको खेल भए त्यो तहमा पुगेर निर्णय हुनसक्ने बताइएको छ।

संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।आजै प्रचण्ड-माधव नेपाल पक्षले पनि सांसदहरूको अलग्गै बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...