म प्रचण्ड समूहको भेलामा जान्नँ : गजुरेल



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो संसदीय दलको बैठक बोलाएका छन् ।

सांसद गजुरलेले भने दुबै पक्षको भेलामा नजाने बताएका छन् । ‘हामीले पार्टी एकताको पक्षमा प्रयास गरेका थियौं । त्यो सफल हुन सकेन’ स्थायी कमिटी सदस्य गजुरेलले भने, ‘पार्टीमा जुन अवस्था आयो, त्यो निकै दुःखद छ ।’

उनले आइतबार आफूले प्रधानमन्त्रीलाई भेटेको भनेर गरिएको प्रचारको पनि खण्डन गरे । उनले भने, ‘अहिले म कतै पनि गएको छैन र जान्नँ पनि ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...