प्रचण्ड-नेपाल पक्षका मन्त्रीले सामूहिक राजीनामा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्।

एक मन्त्रीका स्वकीय सचिवले दिएको जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरू दिउँसो साढे ३ बजे सामूहिक राजीनामा दिन लागेका हुन्।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको बताइएको छ।

रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन्।

उनीहरूमध्ये थापा र भट्टले राजीनामा दिन्छन् कि दिन्नन भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...