गलहत्याउने षडयन्त्रपछि प्रधानमन्त्री ओलीको यो कदम



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट गलहत्याएर निकाल्ने ‘षडयन्त्र’ पत्ता लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको महाकदम चालेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतले ओलीलाई गलहत्याएर ति पदमा आफूलाई सुरक्षित गर्ने सहमति गरेका थिए। जसअनुसार प्रधानमन्त्री वा पार्टी अध्यक्षमा नेपाल र प्रचण्ड एक–एक, राष्ट्रपतिमा खनाल जाने सहमति बनेको थियो।

त्यो सहमति कार्यान्वयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनेसम्मको षडयन्त्र भएको स्रोतको दाबी छ। ‘राष्ट्रपति कार्यालयलाई विवादमा तानेर रबरस्टाम्पसम्म भनियो, संवैधानिक पदको हुर्मत लिने र त्यहाँ आफूनिकटका नेता पुराउने अभियानको चिरफार भएपछि प्रधानमन्त्री महाकमद चाल्न बाध्य हुनुपरेको थियो’, नेकपा स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेर संसद विघटनसँगै मध्यावधी चुनावको घोषणासम्मको तयारी भएपछि नेकपाभित्रको आन्तरिक विवादको इति विवरणमा आएका हुन्।

कतिपय मन्त्रीले यो सामूहिक आत्महत्याको बाटो भएको प्रतिक्रिया दिएका थिए। जसलाई प्रधानमन्त्री ओलीले यहि बाटोबाट निकास निस्कने उत्तर दिएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...