संसद् विघटनको प्रस्तावलाई समर्थन गरौं : अध्यक्ष महर



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाको भ्रातृ संस्था अनेरास्ववियूका संयोजक ऐन महरले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन लागिएकाले संसद् विघटनको बाध्यात्मक अवस्था आएको पनि उहाँले बताउनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूह महाभियोग र अविश्वासको प्रस्तावका लागि अघि बढेपछि ओलीले संसद् विघटनको बाध्यकारी कदम चाल्नुपरेको महरको भनाइ छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुमा लेख्नुभएको छ,‘२०७४ सालमा प्राप्त जनमतको सम्मान नगरी राजनीतिक अस्थिरताका पुजारीहरु प्रचण्ड गुटले राष्ट्रपतिविरुद्ध महाभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेर अगाडि बढेपछि नयाँ जनादेशका लागि प्रधानमन्त्रीले चाल्नुभएको बाध्यात्मक कदम हो संसद् विघटन । सबैले समर्थन गरौं र हिम्मत हुनेहरुले ताजा जनादेशका लागि तयार बनौं ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...