जनताको जनादेश लिनु लोकतन्त्र हो : पोखरेल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले नयाँ जनादेशको अपेक्षासहित संसद विघठनको सिफारिस गरेको बताउनु भएको छ । उहाले जनताको मतलाई लोकतन्त्रमा सबैले स्विकार गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

संसद विघठनको सिफारिसपछि उहाले ताजा जनादेश ल्याएर जनमतको कदर गर्न चाहेको बताउदै पुरानो जनादेशको अर्थ बुझ्नेबारे केही अलमल पार्टीमा देखिएकाले यो निर्णय भएको बताउनु भयो । ‘अलोकप्रिय देखिन सक्छ, झट्ट हेर्दा । तर, ताजा जनादेश लिएर आउने भनिसकेपछि त्यो जनताको हितमा, देशको हितमा हुन्छ । संसद् भन्ने संस्थाकै विरोध गरेको ठहर्दैन । बरु अब नयाँ संसद् बन्छ’, उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

उहाले देश यो अवस्थामा आइपुग्नेको मुख्य कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते प्रस्तुत गरेको आरोपपत्र भएको बताउनु भयो । ‘प्रचण्डजीको २८ कात्तिकको आरोपपत्रले हामीलाई त्यहाँ पुर्‍यायो । सँगै बसेर काम गर्न सकिँदैन भन्ने सन्देश त्यसमा थियो’, उहाले स्पष्ट पार्नुभयो । संविधानले विघठन गर्न दिन्छ र ? भन्ने प्रश्नमा उहाले ताजा जनादेशका पक्षमा संविधान स्पष्ट नै रहेकाले आफुहरुले विचार गरेरै निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...