प्रचण्डलाई भेट्न मानेनन् प्रधानमन्त्री ओलीले, गेटबाटै फर्काईदिए



हाम्रो इकोनोमि

 

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद चुलिएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने निर्णय गरेका हुन्।

मन्त्रिपरिषदले उक्त निर्णय गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग कुरा गर्न चाहेका थिए।

प्रधानमन्त्री ओलीसँग कुरा गर्न प्रचण्ड बिहानै बालुवाटार पुगेका थिए।

‘उहाँले तपाईं र म कुरा गरौं भन्नुभएको थियो तर प्रधानमन्त्रीले समय दिनुभएन,’ प्रचण्डनिकट स्रोतले भन्यो।

 

प्रचण्ड अहिले पनि बालुवाटारमै छन्।

यसअघि शनिबार प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली उनको निवास खुमलटारमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...