अध्यादेश सम्बन्धी रिटमा आज सुनुवाई नहुने



हाम्रो इकोनोमि

 

संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाई नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा रहेका ती दुबै रिट शुक्रबार हेर्न नभ्याइने उल्लेख गरिएको छ ।

सरकारले संवैधानिक परिषदको बैठकमा अध्यक्षसहित हाल कायम रहेका बहुमत सदस्यको सहभागितामा बैठक बस्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीले रिट लिएर सर्वोच्च पुगेका थिए ।उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...