रेशम चौधरीलाई दिएको सजायले डा.भट्टराईको चित्त दुख्यो



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डका दोषीहरूलाई अदालतबाट दिइएको फैसलामा असन्तुष्टि व्यक्त गरेका छन् ।

कैलालीको टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको थियो ।

डा.भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकलम दाहाललाई संकेत गर्दै यस्तो फैसला आउनु अन्यायपूर्ण भएको बताएका छन् ।

‘यथास्थितिको रक्षार्थ कानून र अदालत बन्छन् । अतः उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन’, ट्विटमा डा.भट्टराईले भनेका छन, ‘विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो । यो अन्याय सैह्य छैन । थारू नायकहरूलाई सलाम ।’

विक्रम संवत २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको सामूहिक हत्या भएको थियो ।

घटनामा उच्च अदालत दिपायलले रेशमलाल र लक्ष्मणलाई मुख्य दोषी ठहर गर्ने जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...