प्रचण्ड र नेपाल समूहको भेला



हाम्रो इकोनोमि

 

 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रदेश-१ को पार्टी भेला आयोजना गरेका छन्।त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्। प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाईसमेत भेलामा बोलाइएको छ।पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको प्रदेश १ का पार्टी सचिव सुरेश राईले  बताए।

‘अरूले विभिन्न फाउण्डेशनका नाममा भेला गरिरहेका छन्। हामीले पार्टीगत रूपमै आयोजना गरेको हो। ‘राईले भने, ‘हामीले मुख्यगरि पार्टीभित्रकै सवालहरुका बारेमा छलफल गर्ने हो। कस्तो अवस्था छ, हामीले के भूमिका खेल्ने हो भनेर नेताहरुले ओरिन्टेसन गर्ने कार्यक्रम छ।’अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...