परिषद्को बैठक बोलाएपछि नेकपामा हगाँमा



हाम्रो इकोनोमि

 

 

अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हल्लीखल्ली मच्चिएको छ ।

सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएको थियो । तर पार्टीभित्र चर्को विरोध हुनुका साथै संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर नेकपाकै सांसदहरु शीतल निवास पुगेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परे ।बुधबार नेकपा शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने सहमत भए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिहीबार ५ बजे परिषदको बैठक राखिएको भन्दै प्रधानमन्त्रीको सचिवालयबाट सदस्यहरुलाई फोन गरिएको छ । औपतचारिक पत्र भने गएको छैन ।यसले नेकपामा हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री सहमति विपरित अगाडि बढ्न खोजेको त होइन भन्ने नेताहरुको आशंका छ । प्रधानमन्त्री निकट नेताहरुले भने यसअघिकै बैठकको निरन्तरता स्वरुप अनौपचारिक छलफलका लागि बैठक बोलाएको तर्क गरेका छन् ।परिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...