पार्टी विवादले यो सरकार ढल्दैन : पौडेल



हाम्रो इकोनोमि

 

अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकारको निरन्तरतामा असर नपर्ने बताएका छन् ।

मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरे ।

‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको छ, तर त्यस्तो सपना पूरा हुँदैन’, कार्यक्रममा पौडेलले भने ।

पार्टीभित्र अहिले देखिएका समस्यालाई समाधान गरेर एकताबद्ध भएर अघि बढ्न पार्टी नेतृत्व सफल हुने उनको दावी छ । अन्तरविरोधले पार्टी एकतामा असर नगर्ने उनको भनाइ थियो ।

केही व्यक्तिहरूको अवरोधका कारण बुटवलको सडक निर्माण कार्य वर्षौंदेखि रोकिएको भन्दै अर्थमन्त्री पौडेलले अब सडक बिस्तारको काम अगाडि बढ्ने बताए ।

भवन निर्माणको लागि लुम्बिनी प्रदेश र संघीय सरकारको समपूरक बजेट अन्तर्गत १८ करोड ३० लाख ७८ हजार स्वीकृत भई १३ करोड ६५ लाख १ हजारमा अर्घाखाँची लुम्बिनी जेभीले दुई वर्षमा काम गर्ने गरी सम्झौता भएको विद्यालयका प्रधानध्यापक गोविन्द ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...