पार्टी विवादले यो सरकार ढल्दैन : पौडेल



हाम्रो इकोनोमि

 

अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकारको निरन्तरतामा असर नपर्ने बताएका छन् ।

मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरे ।

‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको छ, तर त्यस्तो सपना पूरा हुँदैन’, कार्यक्रममा पौडेलले भने ।

पार्टीभित्र अहिले देखिएका समस्यालाई समाधान गरेर एकताबद्ध भएर अघि बढ्न पार्टी नेतृत्व सफल हुने उनको दावी छ । अन्तरविरोधले पार्टी एकतामा असर नगर्ने उनको भनाइ थियो ।

केही व्यक्तिहरूको अवरोधका कारण बुटवलको सडक निर्माण कार्य वर्षौंदेखि रोकिएको भन्दै अर्थमन्त्री पौडेलले अब सडक बिस्तारको काम अगाडि बढ्ने बताए ।

भवन निर्माणको लागि लुम्बिनी प्रदेश र संघीय सरकारको समपूरक बजेट अन्तर्गत १८ करोड ३० लाख ७८ हजार स्वीकृत भई १३ करोड ६५ लाख १ हजारमा अर्घाखाँची लुम्बिनी जेभीले दुई वर्षमा काम गर्ने गरी सम्झौता भएको विद्यालयका प्रधानध्यापक गोविन्द ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...