हिन्दु राष्ट्र कांग्रेसको लाइन होइन : प्रकाशमान सिंह



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताएका छन् । कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताएको भोलिपल्टै पार्टीका प्रभावशाली नेता सिंहले यो लाइन पार्टीको नभएको बताए । ‘कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन’ मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने, ‘हामी आफैंले ल्याएको परिवर्तनविरुद्व जान सक्दैनौं ।’

कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र संविधानमा प्रदत्त अधिकारलाई सुरक्षित राख्दै अगाडि बढ्न पार्टी तयार रहेको उनको भनाइ छ । ‘आफैंले ल्याएको परिवर्तन उल्टाउन सकिन्न,’ उनले भने, ‘आफ्नो पार्टी संघीय गणतन्त्र, समावेशीता, धर्म निरपेक्षप्रति प्रतिबद्ध छ ।’

नेकपा नेतृत्वको सरकार भने संघीय गणतन्त्रको मर्म विपरीत चलेको उनको आरोप छ । प्रधानमन्त्री स्वयंले प्रदेशलाई संघीय सरकारको प्रशासनिक केन्द्र भनेर अभिव्यक्ति दिनु संघीयताको उपहास भएको उनको भनाइ छ ।

सरकार भ्रष्टाचारमा रुम्लिएको, जनताभन्दा आफ्नो स्वार्थ पूर्तिमा लागेकाले कांग्रेस सडकमा आएको उनले बताए । ‘अब हामी सरकारको भ्रष्टाचारी र सर्वसत्तावादविरुद्व निरन्तर सडक तताउँछौं’ पूर्वमहामन्त्री सिंहले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...