प्रचण्ड–नेपालले भने : भागबण्डा नमिलाई किन परिषद् बैठक डाकेको ?



हाम्रो इकोनोमि

 

पार्टीमा विधि, पद्धति र विधानका कुरा उठाईरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले भागबण्डा नमिलाई संवैधानिक परिषद्को बैठक बोलाएको असन्तुष्टि व्यक्त गरेका छन् । उनिहरुले पहिला खाली रहेका आयोगमा नियुक्त हुने व्यक्तिको तय पार्टीभित्र गरेर मात्रै बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

उनिहरुले आफुहरुसँग परामर्श नै नगरी संवैधानिक परिषद बैठक बोलाएको भन्दै आक्रोशित बनेका छन् । परिषद्को नियमावली अनुसार योग्य मान्छे जुनसुकै आयोगका प्रमुख वा सदस्य बन्न सक्ने प्रावधान रहेको छ । तर, प्रचण्ड नेपाल पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफुले भनेको व्यक्ति पठाउनुपर्ने अडान राख्दै आएका छन् । पार्टीमा देखिएको संकट समाधानका लागि स्थायी कमिटी बैठक बसिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा परिषदको बैठक बोलाएको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्ष रुष्ट बनेको हो ।

प्रचण्डले आफूनिकट नेताहरूसँग ओलीले पार्टी फूटका लागि थप आधार तयार गरेको भन्दै पार्टीमा देखिएको संकट थप गम्भीर मोडमा पुगेको आरोप लगाउदै आएका छन् । प्रधानमन्त्री ओलीले आइतवार परिषदको बैठक बोलाएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । तर, सो बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको छ ।

परिषदमा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ भने प्रतिनिधि सभाका सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । परिषद्मा विपक्षी दलका नेतालाई मात्रै अनिवार्य उपस्थिति हुनुपर्ने प्रवाधान गरेको छ । परिषदले संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...