राजतन्त्र आउँदैन, जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ : महामन्त्री कोइराला



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा फेरी राजतन्त्र आउने सम्भावना शून्य रहेकाे बताएका छन् ।

माेरङकाे विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले देशमा अब राजतन्त्र फर्केर नआउने तर जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने बताए ।

‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ,’ उनले भने, ‘तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन ।’

पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको भन्दै जेठमा गर्नुपर्ने पनि बताए । उनले आउँदो महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...