सरकारविरूद्ध कांग्रेसको देशभर प्रदर्शन



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा प्रदर्शन गरेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।

काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्दैछन्।

कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।

भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सरकारविरूद्ध कांग्रेस कार्यकर्ता सडक जाम गरेर प्रदर्शनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...