चन्द्रागिरिमा मिनी ट्रक खस्यो, चालकसहित दुईको मृत्यु



हाम्रो इकोनोमि

 

काठमाडौंको चन्द्रागिरिमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुलीका २३/२४ वर्षीय मनिष कार्की र २५/२६ वर्षीय मानकुमार माझी रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

प्रारम्भिक रूपमा उक्त मिनी ट्रक दामन कन्स्ट्रक्सनको भएको बुझिएको छ।  यीमध्ये कसले ट्रक चलाएको भन्ने खुलेको छैन। यद्यपि मानकुमार माझी ट्रयाक्टर चलाउँथे भने कार्की कन्स्ट्रक्सनका सुपरभाइजर भन्ने बुझिएको उनले जानकारी दिए।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार उक्त मिनी ट्रक आइतबारदेखि हराइरहेको थियो।

‘हिजोदेखि हराएको भन्ने कुरा छ। हिजो नै खसेको वा आजमात्रै हो भन्ने हामी बुझ्दैछौं,’उनले भने,’अहिले हामी रेस्क्यू गर्न खटिएका छौं।’

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...