चन्द्रागिरिमा मिनी ट्रक खस्यो, चालकसहित दुईको मृत्यु



हाम्रो इकोनोमि

 

काठमाडौंको चन्द्रागिरिमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुलीका २३/२४ वर्षीय मनिष कार्की र २५/२६ वर्षीय मानकुमार माझी रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

प्रारम्भिक रूपमा उक्त मिनी ट्रक दामन कन्स्ट्रक्सनको भएको बुझिएको छ।  यीमध्ये कसले ट्रक चलाएको भन्ने खुलेको छैन। यद्यपि मानकुमार माझी ट्रयाक्टर चलाउँथे भने कार्की कन्स्ट्रक्सनका सुपरभाइजर भन्ने बुझिएको उनले जानकारी दिए।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार उक्त मिनी ट्रक आइतबारदेखि हराइरहेको थियो।

‘हिजोदेखि हराएको भन्ने कुरा छ। हिजो नै खसेको वा आजमात्रै हो भन्ने हामी बुझ्दैछौं,’उनले भने,’अहिले हामी रेस्क्यू गर्न खटिएका छौं।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...