उखु किसानको आन्दोलनप्रति गम्भीर हुन प्रभु साहको सरकारलाई आग्रह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले उखु किसानको आन्दोलनप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । आफ्नो फेसबूक पेजमार्फत ध्यानाकर्षण गराउदै खेती किसानी बाटै जीविकोपार्जन गर्ने किसानको उखुको भुक्तानी नहुनु र किसानप्रति सरकार उदासीन हुनु दुखद रहेको बताएका छन् ।

उखुको भुक्तानीका लागि सरकार स्वयमले किसानसंग गरेको सम्झौतासमेत पालना नगरेको भन्दै आक्रोशित बनेका नेता साहले किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले मधेश मात्र नभई सिंगो देशकै अर्थतन्त्रमा उखुको महत्त्वपूर्ण योगदान भएको भएपनि उखु किसानलाई मर्का पर्नु ग़लत भएको जीकिर गरे ।

चीनी बिक्री गरेर नाफा कमाई सकेका मालिकहरु चीनी उत्पादनका लागि कच्चा पदार्थ उपलब्ध गराउने किसानहरूको भुक्तानी दिन आनाकानी गर्ने ठग मालिकलाई सरकारले छुट दिनु विडम्बना भएको टिप्पणी गरेका हुन । “गत वर्ष (२०७६/९/१८) मा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र उखु किसान बीच भएको ५ बुंदे सम्झौता अनुसार विगत वर्षोंदेखी बाँकी रहेको चिनी उद्योगहरुबाट पाउनुपर्ने उखुको भुक्तानी हालसम्म पनि नपाएपछि किसानहरु पुनः आन्दोलित भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

” उनले लेखेका छन्, “सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भनेपनि विभिन्न मिलहरुबाट ६६ करोड़भन्दा बढी रकम उखु किसानहरुलाई भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।” “यसरी समग्र तराई-मधेश क्षेत्र र त्यसमा पनि मुख्यतः प्रदेश २ को प्रमुख नगदेवालीको रुपमा रहेको उखुको भुक्तानीका लागी पनि बाध्य भएर मेहनती श्रमवीर किसानहरु पटक-पटक आन्दोलित हुनुपर्ने स्थिति आफैंमा पनि दुखद एवं विडम्बनापूर्ण स्थिति हो ।” उनले थप लेखेका हुन्, ” यस उखु किसान आन्दोलनमा मेरो पनि समर्थन एवं ऐक्यबद्धता प्रकट गर्न चाहन्छु ।

साथै, किसानहरुको भविष्यसंग पटक-पटक खेलवाड़को दुसहास गर्ने अपराधमा संलग्न चाटूकार उद्योगी, दलाल-विचौलिया लगायत जुसुकैलाई पनि कानूनी कार्वाहीको दायरामा ल्याउन तथा किसानहरुको सम्पूर्ण जायज मागहरुलाई तुरुन्त सम्बोधन गर्न नेपाल सरकारसंग जोडदार माग समेत गर्दछु ।” यसअघिको सम्झौता पालना नभएपछि उखु भुक्तानीको माग राख्दै पीडित किसानले पुनः आन्दोलन चर्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस
लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा...

कांग्रेस आधिकारिकता विवाद सर्बोच्चको पूर्ण इजलासमा

    नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशउपर निवर्तमान सभापति शेरबहादुर...

यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...