बालुवाटारमा नारायणकाजीविरुद्ध प्रदर्शन, राजीनामा दिन माग



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि नारायणकाजीविरुद्ध बालुवाटारमा प्रदर्शन भएको हो ।

स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर बालुवाटार गेटमा प्रदर्शन गरेको हो । उनीहरुले नारायणकाजीलाई पदबाट राजीनामा दिन दबाब दिएका छन् । प्रवक्ता, राष्ट्रियसभा र सांसद पदबाट पनि राजीनामा दिन प्रदर्शनकारीको माग छ ।

काभ्रेका युवाहरुले नारायणकाजीविरुद्ध प्रदर्शन गरेका हुन् । कमानसिंह लामाको मृत्यु नारायणकाजीको टर्चरका कारण भएको पनि उनीहरुको आरोप छ । लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...