संवैधानिक परिषद् बैठक स्थगित



हाम्रो इकोनोमि

 

विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएका परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा नआउने भएपछि बैठक स्थगित भएको हो । यसअघि पनि देउवाकै अनुपस्थितिका कारण बैठक पटक पटक स्थगित भएको थियो । नेकपाको स्थायी कमिटीको बैठक पनि आजै बालुवाटारमा बस्दैछ ।

नेकपा स्थायी कमिटी बैठकको तयारी तथा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिका कारण संवैधानिक परिषद् बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ । परिषद्को बैठक नबस्दा विभिन्न संवैधानिक निकायमा ४५ भन्दा बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...