ओलीको लभलेटर बोकेर नेम्वाङ प्रचण्ड निवासमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ आइतबार विहानै खुमलटार पुगेका हुन् ।

भेटवार्तापछि नेम्वाङले प्रचण्डसँग एकता पार्टी जोगाउनेबारे कुराकानी भएको बताए । उनले भने, ‘पार्टी एकता कायमै राख्न प्रचण्ड कमरेड सकारात्मक रहेको पाएँ । उहाँले यसबारे चिन्तत छु भन्नुभयो ।’

नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा पनि सुनाएका थिए । ‘प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं पनि विभाजन रोक्न सकारात्मक हुनु पर्छ भनेँ’, नेम्वाङले  भने ।

आज दिउँसो एक बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक बस्नुअगाडि नेम्वाङले प्रचण्डलाई भेटेका हुन् ।

हिजो मात्रै प्रधानमन्त्री निकट नेता शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए । प्रचण्डलाई भेट्न पोखरेल खुमलटार पुगेका थिए । स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल शुक्रबार काठमाडौं आएपछि लगातार भेटवार्तामा छन् । विशेषगरी पोखरेलले प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरुलाई भेटिरहेका छन् ।

गएको २१ मंसिरमा शुरु भएको स्थायी कमिटी बैठक एक साता स्थगित गरेर आज बस्दैछ । तर, आजको बैठकमा केन्द्रीय सदस्य कमानसिं लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी भएको छ । ‘उहाँप्रति सम्मान गर्न पनि आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुनु राम्रो हो’, नेम्वाङले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...