नेकपाका प्रवक्ता श्रेष्ठमाथि नानाथरीका आक्षेप



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठको व्यक्तिगत गतिविधि र चरित्रलाई लिएर गम्भीर प्रश्न उठेका छन् ।

शुक्रबार दिनभरि प्रवक्ता श्रेष्ठ र सुसन कर्माचार्यबीचको कुरालाई लिएर सामाजिक सञ्जालहरू नानाभाँती कुराहरू लेखिएका हुन् । आफ्नै स्वकीय सचिवको लेनदेनको कुरा मिलाउन श्रेष्ठले देखाएको सक्रियतामाथि पनि सामाजिक सञ्जालहरू रंगिएका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै लेनदेनको विषयमा प्रवक्ता श्रेष्ठ मुछिएपछि विभिन्न समाचार र कुराहरू उठेका हुन् ।

जलविद्युत् कम्पनीको सेयर विवाद मिलाउने विषयमा श्रेष्ठ र लामाबीचको छलफलको अडियो र भिडियो लामाको परिवारले सार्वजनिक गरेपछि प्रवक्ता श्रेष्ठमाथि प्रश्न उठेका छन् ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपियाँ लेनदेनको विषयमा छलफल भएको देखिएको छ ।

श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी ईन्द्रमायाको नाम पनि उल्लेख छ ।

भिडियोमा कर्माचार्य र लामाबीचको सेयर विवाद मिलाउन श्रेष्ठले सुझाव दिएका छन् । प्रवक्ता श्रेष्ठले यसमा आफ्नो कुनै संग्लनता नरहेको र उनीहरूकै आग्रहमा विवाद मिलाउन सहजीकरण मात्रै गरिदिएको बताएका छन् ।

श्रेष्ठले यसमा कुनै ढंगले आर्थिक लेनदेन वा योजनासँग सम्बन्धित नरहेको सञ्चारमाध्यमहरूलाई प्रतिक्रियाहरू दिएका छन् ।

याम्लादिङ् हाईड्रोपावर योजना र कमानजीबीचमा समस्या आएपछि केही गर्न सकिन्छ कि भनेर आफूले मिलाइदिन खोजेको श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले भनेका छन्, ‘त्यसमा मेरो कुनै सम्बन्ध छैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिमा भ्रष्टाचार र भ्रष्टीकरणविरुद्ध मैले जो संघर्ष गर्दै आइरहेको छु, त्यसलाई कमजोर बनाउन नियोजित प्रहारमात्रै हो ।’

स्रोतका अनुसार विवादको विषय बनेको याम्बालिङ हाईड्रोपावर लामा आफैंले दर्ता गरेका थिए । कर्माचार्यको टिमले हाइड्रोको दुई करोड ५० लाखको सेयर किनेको थियो ।

पछि करिब तीन करोड बैंकको ऋण चुक्ता गर्नुपर्ने समस्या देखिएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइएको र त्यही ऋण मिलान गर्ने विषयमा कर्माचार्य र लामाबीच विवाद भएको थियो ।

विवाद नटुंगिएपछि लामा नेकपा अध्यक्ष पुष्पकमल दाहालसम्म पुगेका थिए । लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान निधन भएको थियो ।

कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि अस्पतालमा उपचाररत हुँदा उनले यस विषयमा फेसबुकमा समेत लेखेका थिए ।

सामाजिक सञ्जालमा एकजना पत्रकारले लेखेका छन्, ‘कानून र मानवअधिकारको आँखाबाट हेर्दा प्रत्येक नागरिककोे ब्यक्तिगत जीवन छ । ब्यक्तिगत स्वतन्त्रतामाथि कसैले खलल पुर्‍याउन पाउँदैन ।’

‘त्यतिकै सत्य अर्को पनि छ, सार्वजनिक पदमा बसेको कुनै पनि पात्रको जीवन ब्यक्तिगत हुन्न’, ती पत्रकारले लेखेका छन्, ‘त्यसैले उ पारदर्शी हुनुपर्छ । तस्विर हेर्नुस, तथ्य आफैं खुट्याउनुस् ।

उहाँहरूको तस्बिरमाथि म बबुरोलाई दोष नदिनुहोस् ।’ ती पत्रकारले प्रवक्ता श्रेष्ठ र स्वकीय सचिव कमचार्यका तस्बिरहरू पनि फेसबुकमा पोस्ट गरेका छन् ।

आफूहरूमाथि लागेको आरोपका विषयमा सुसन र ईन्द्रमायाले केही प्रतिक्रिया दिएका छैनन् । यस विषयमा प्रतिक्रया लिन सुसन र ईन्द्रमायासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । फोटो सामाजिक संञ्जालबाट

प्रतिक्रिया दिनुहोस
ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, ६ जना घाइते

     ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा...

कांग्रेस आधिकारिकता विवाद सर्बोच्चको पूर्ण इजलासमा

    नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशउपर निवर्तमान सभापति शेरबहादुर...

यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...