यस्तो छ कमानसिंह लामाले लेखेको हृदयविदारक स्टाटस
आमा नाम नै कति मोहक शब्द ‘आमा’ मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’ प्रिय, मैले तिमीलाई त्यही आमापछिको दोस्रो माया गरेको थिएँ । तर त्यो आज याम्बालिङरूपी बर्मुडा ट्रयाङगलमा फसेको छ । तिमी यसलाई सामान्य लोग्ने–स्वास्नीको झगडाका रूपमा लिँदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नुपर्छ भन्छन’ छ्या कति कुरूप सिलाबरको डेक्ची कुचिएको कुरूप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरू !!
प्रिय, तिमी त उसको परिवार रे, आफ्नो श्रीमतीलाई आफैंले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू हातमा हैन, मैले शिरमा राखेको थिएँ । ढोंगीहरूले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार ! जे होस, तिम्रा जालझेल खेती सप्रेको नै छ, सादा जीवन उच्च विचारका होर्डिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौं, त्यो कतिको सहज लाग्छ, कुन्नी मलाई त हाँडीघोप्टेजस्तो लाग्छ !
ठमेलमा ५० हजार युएस डलरको बिटा भेट्टाएछ ! सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोबरले डलर टाँसेर झिलीमिली बनाएछ ! हाँडीमा खिचडी बसाएर दुई बूढाबूढी गीत गाएर चिबसेको खोज्दै जाने प्रहरी र टुरिस्टले भेटेछ ! यही केसले हाँडीघोप्टेको लोग्ने स्वास्नीको युरोप अमेरिकाको यात्रा भयो ।
हाम्रा महान् पा.का महान् साधुसन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिनँ । थुइ..क्क जालीफटाहा द्रव्य पिशाच !
प्रिय मेरी, प्रिय हाम्रो प्रेम बर्मुडा ट्र्याङ्गलमा फस्यो प्रिय !
१. मेरो DIGNITY स्वाभिमानको ट्र्याङ्गल
२. चल अचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति
३. हाम्रोबीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य/मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरू
यो हो हाम्रो बीचको अहिलेको बर्मुडाको ट्र्याङ्गल !!!
याद गर प्रिय, मैले तिमीलाई सबै कुरो सम्पत्तिसम्म सुम्पें । तर मेरो स्वाभिमानप्रति खेलबाड गर्ने छुट दिइएको छैन । धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ ।
बरमुडा ट्र्याङगल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन ।
तर यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसँगै भएको हो । जब पृथ्वी एउटै ढिक्कोको एउटै समुद्र थियो ।
हामी बसेको भूभाग गोण्डावना ल्यान्डसँगै दक्षिणी ध्रुवमा टाँसिएर बसेको थियो ।
त्यसबखत ठूलाठूला भौगोलिक उथलपुथल भइरहन्थे । एक्कासि गोण्डावना ल्यान्ड दक्षिणी ध्रुवसँग छुट्टियो । ३ मिटर उत्तर सर्यो । पृथ्वीबीचमा उसिनेको अण्डाबीचमा फुटाएको जस्तो फुट्यो ।
पृथ्वी दुई भागमा बाँडियो । उत्तरी गोला पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्यान्ड !
यही घटनामा भूमध्यरेखीय क्षेत्रमा बर्मुडा ट्रयाङ्गल बन्यो । त्यो आजपर्यन्त अभेद्य छ ।
त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं ।
प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानीजानी धोका दिँदा मेरा केही सपनाहरू अधुरा नै रहने भए ।
राजनीतिक सपना राजनीतिक नेताहरूले गोलखाडी पुर्याइहाले । के कुरा गर्ने !
तिमी म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने, विश्वका आठैवटा आश्चर्यको रस्वास्वादन गर्ने !
माचिपिच्युमा पुरानो पोर्तुगिज खाना खाने । गोन्जालोको देश हेर्ने । माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ । त्यो तिमीले भाँडिदियौ !
मध्यरातमा घाम झुल्किएको फिन्ल्यान्ड, नर्बेबाट रस्वास्वदन हामी दुई साथै गर्ने सपना अधुरै रहने भयो !
ट्रान्स साइबेरियन ट्रेन चढेर ब्लादिभोस्तक जाने ! उलान बटोर र ऐतिहासिक गोवी मरुभूमिमा उँट चढ्ने सपना अधुरै रहने भयो !
मानव विकासक्रमको २४ लाख वर्षको इतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङ म्यान, लान्तियान म्यान, वुसान म्यानले गरेका उपलब्धि र आआदिबारे अलि सूक्ष्म अध्ययन गरी हाम्रो ठुँसाका बारे भौतिकरूपमै उपस्थित भएर अध्ययन गर्ने !
दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरूले एक ठूलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्यचकित हुने हाम्रा प्रागकालीन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसँगै पढने इच्छा अधुरै रहने भयो !
हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने वसन्त ऋतुमा अध्ययन/भ्रमणका रूपमा डुल्ने योजना थियो, त्यो अधुरै रह्यो !
प्रिय, म कोरोनाले लिएर जानका लागि सबै योग्यता पुगेको मान्छे म अरूले भने मृत्यु शैय्याबाट भन्थे होला, तर म भन्दिनँ ! कोभिडसँग पौंठेजोरी खेल्दै छु !! सायद म बाँच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि ! तर म आत्तिन्नँ !
यो अन्तिम घडीमा पनि मेरो धन मेरा लागि काम लाग्दैन भने त्यो धनको के काम ! आफ्नो पाउनुपर्ने त यो हालतमा दिँदैन भने मेरा निम्ति कहिलेलाई चाहियो ?
यो जीवनको जीवन–मरणको लडाइँका बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय, गरिखान मनग्य गरिदिएको छु ! बाँकी जीवन मोज गर ! मैले पूरा गर्न नसकेका अधुरा काम अरूसँगै पूरा गर ! आठै आश्चर्य हेर्ने/घुम्ने भोक मैले नै जगाइसकेको छु तिमीलाई, सक्षम पनि छौ ! लौ बधाई प्रिय !
२८/३० वर्ष तिमी साथै यो ६/७ महिनाबाहेक ज्यादै सुखद नै रह्यो ! यो ६/७ महिनाले मलाई गलायो, किनकि मैले तिम्रो मायामा विश्वासघात पाएँ !
मेरो सेयरको करिब २ वर्षको साँवा–ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो ! उसले पैसा नदिए सीधै मसँग मिल्न आइज, हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !
प्रिय, यदि तिमी जालीफटाहाकै पक्षमा लागि नै रहने हो भने मेरो र तिम्रोबीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय !!!
कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ, माफ गर प्रिय ! यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !! यो मेरो बिन्ती !!! जनताटाइम्सबाट साभार