कमानसिंहले नारायणकाजीबिरुद्ध नेकपा सचिवालयमै उजुरी दर्ता गरेका थिए



 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठबिरुद्ध केन्द्रीय सचिवालयमै लिखित उजुरी दर्ता भएको तथ्य बाहिर आएको छ । कोरोनाका कारण जीवन गुमाउनु भएका नेकपाकै केन्द्रीय सदस्य तथा पूर्वराजदुत कमानसिंह लामाले स्थायी कमिटी बैठक चलिरहेकै बेला गत भदौंमा प्रवक्ता श्रेष्ठले श्रीमतीलाई समेत आफ्नो बसमा पारेर आफ्नो जीवन नै बर्वाद पारेको र करोडौं रुपैया खाइदिएको भन्दै उजुरी दिनुभएको हो ।

नेकपा सचिवालय स्रोतका अनुसार लामाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरी सचिवालयका सदस्यलाई बोधार्थ दिनुभएको महासचिव बिष्णु पौडेलमार्फत उजुरी दिनुभएको हो । ‘महासचिवमार्फत पार्टीमै उजुरी दर्ता गराइएको थियो, तर कुनै सुनुवाई भएन, प्रवक्ताको हैसियतमा उहाँले उजुरी नै दवाउनु भयो,’ लामा परिवारका एक सदस्यले भने, ‘नारायणकाजीबिरुद्ध अदालतमै मुद्दा दता गर्नुपर्ने अवस्था आएको र श्रीमतीलाई समेत बिभिन्न प्रभावका पारेर उल्टै धम्क्याउन थालेकाले उहाँ (कमानसिंह) मुद्दाको तयारीमा रहेकै बेला बित्नुभयो, नारायणकाजी जस्तो चरित्रहीन र पतित नेताको फेला कोही नपरोस भन्नुहुन्थ्यो ।’

परिवारका सदस्यहरुका अनुसार लामाले आफ्नो सम्पुर्ण गैरकानूनी कारोवार सचिवालयका प्रमुख सुशन कर्माचार्यमार्फत गर्ने गर्नुभएको थियो । ‘सवै काम सचिवालयकी महिला सुसनमार्फत गर्ने गरेको र पछि आफ्नी श्रीमतीसमेतलाई सोही चक्रब्यूहमा फसाएको लामाको भनाई थियो । पार्टीमा दिएको उजुरीमा लामाले प्रवक्ता श्रेष्ठले आफ्ना सचिवालयकी महिला मित्र (स्वकीय सचिव) सुशन कर्माचार्यमार्फत आफ्नो करोडौं रकम खाइदिएको र सो क्रममा मिलाउने आश्वासन दिएर उल्टै थप पीडा दिएको उल्लेख गरेको स्रोतले बतायो ।

नारायणकाजीको अत्याचार र नैतिक पतनबारे कमानसिंहले उजुरीमा लेखेको शब्द उधृत गर्दै स्रोतले  भन्यो, ‘यति आडम्बरी, यति ढोंगी र पाखण्डी मान्छे कोही छैन, मेरो घरवार बर्वाद बनाइदिए, मेरो पैसा पनि खाए, स्वास्नी पनि पराई बनाए ।’ लामाले श्रेष्ठले गरेको अपराधको फेहरिस्त राख्दै कडा कार्वाहीको मागसमेत गर्नुभएको स्रोतले बतायो ।

पार्टीमा उजुरी दिएको बिषयमा लामाले नेकपाकै केही अन्य नेताहरुलाई जानकारी गराउनु भएको थियो । ‘यति नैतिकहीन र दब्यपिचास मानिस मैले जीवनमै देखेको थिईन, सवै काम ब्यवसाय सुशनमार्फत गर्ने र सवै खर्च पनि सुशन नेतृत्वको त्यही सचिवालयले नै जुटाउने गर्दा रहेछन, आदर्शको ढोग रचेर नारायणकाजीले मेरो जीवन नै बर्वाद पारिदिए,’ लामाले भन्ने गर्नुभएको थियो । असाध्यै हसिला र हक्की स्वभावका लामा कोरोनाका कारण बुधवार राती बित्नुभयो । तर नाराणकाजीलाई अनैतिक आचारणको अभियोगमा कारवाही गर्नुपर्छ भनेर उहाँले भदौंमा पार्टी सचिवालयमा दिनुभएको निवेदनबारे अझै नेकपा बोलेको छैन । स्रोतका अनुसार कमानसिंहले प्रमाण स्वरुप केही भिडियो पनि सचिवालयमा दिनुभएको थियो । जस्मा श्रेष्ठ कम्युनिष्ट पार्टीको सदस्य हुनसमेत लायक नरहेकोले सम्पुर्ण जिम्मेवारीबाट मुक्त गरी साधरण सदस्यसमेत खोस्नुपर्ने माग गरिएको छ ।

नारायणकाजीले दुई करोड ५० लाख रुपैयाँ खाएको कमानसिंहले आरोप लगाउनुभएको छ । पैसासँग श्रेष्ठले श्रीमतीसमेत आफ्नै प्रभावमा पारेको आरोप पनि उहाँको छ । नारायणकाजीका कारण जीवन नै अप्ठेरोमा फसेपछि कमानसिंहले त्यसको संकेत स्वरुप फेसबुकमा पनि केही लेख्नुभएको थियो । उहाँले २५ सेप्टेम्बरमा फेसबुकमा लेख्नुभएको थियो, ‘राति नसुतेको २ महिना भयो । फटाहा विरोधी आन्दोलनको ५० वर्ष पछि पनि अहिले महान जालीफटाहरुसँगको युद्धले नींद हराम भएको छ ।’ कमानसिंहले जालीफटाहा भनेर कसलाई संकेत गर्नुभएको हो भन्ने अनुमान सहजै गर्न सकिन्छ । त्यसैगरी उहाँले २ सेप्टेम्बरमा लेख्नुभएको थियो, ‘निष्ठाको सम्बन्धमा निष्ठामै खेलेर धोका दिए प्रमुख शत्रुको रुपमा परिणत हुने सम्भावना बढी हुन्छ ।’

कोरोना संक्रमित भएर अस्पताल भर्ना भएपछि उहाँले मृत्युको ६ दिन अघि लेख्नुभएको थियो, ‘यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम ! आफ्नो पाउनुपर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ?’ उनले आफ्नो फेसबुक स्ट्याटसमा आफ्नी कान्छी श्रीमतीलाई श्रेष्ठले युरोप घुमाउन लगेको भन्दै नैतिक पतनको गम्भीर प्रश्न पनि उठाउनु भएको छ ।

यस्तो छ, लामाले लेखेको हृदयविदारक स्टाटस

आमा नाम नै कति मोहक शब्द ‘आमा’ मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’

प्रिय, मैले तिमीलाई त्यही आमापछिको दोस्रो माया गरेको थिएँ । तर त्यो आज याम्बालिङरूपी बर्मुडा ट्रयाङगलमा फसेको छ । तिमी यसलाई सामान्य लोग्ने–स्वास्नीको झगडाका रूपमा लिँदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नुपर्छ भन्छन’ छ्या कति कुरूप सिलाबरको डेक्ची कुचिएको कुरूप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरू !!

प्रिय, तिमी त उसको परिवार रे, आफ्नो श्रीमतीलाई आफैंले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू हातमा हैन, मैले शिरमा राखेको थिएँ । ढोंगीहरूले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार ! जे होस, तिम्रा जालझेल खेती सप्रेको नै छ, सादा जीवन उच्च विचारका होर्डिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौं, त्यो कतिको सहज लाग्छ, कुन्नी मलाई त हाँडीघोप्टेजस्तो लाग्छ !

ठमेलमा ५० हजार युएस डलरको बिटा भेट्टाएछ ! सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोबरले डलर टाँसेर झिलीमिली बनाएछ ! हाँडीमा खिचडी बसाएर दुई बूढाबूढी गीत गाएर चिबसेको खोज्दै जाने प्रहरी र टुरिस्टले भेटेछ ! यही केसले हाँडीघोप्टेको लोग्ने स्वास्नीको युरोप अमेरिकाको यात्रा भयो ।

हाम्रा महान् पा.का महान् साधुसन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिनँ । थुइ..क्क जालीफटाहा द्रव्य पिशाच !

प्रिय मेरी, प्रिय हाम्रो प्रेम बर्मुडा ट्र्याङ्गलमा फस्यो प्रिय !

१. मेरो DIGNITY स्वाभिमानको ट्र्याङ्गल

२. चल अचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति

३. हाम्रोबीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य/मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरू

यो हो हाम्रो बीचको अहिलेको बर्मुडाको ट्र्याङ्गल !!!

याद गर प्रिय, मैले तिमीलाई सबै कुरो सम्पत्तिसम्म सुम्पें । तर मेरो स्वाभिमानप्रति खेलबाड गर्ने छुट दिइएको छैन । धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ ।

बरमुडा ट्र्याङगल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन ।

तर यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसँगै भएको हो । जब पृथ्वी एउटै ढिक्कोको एउटै समुद्र थियो ।

हामी बसेको भूभाग गोण्डावना ल्यान्डसँगै दक्षिणी ध्रुवमा टाँसिएर बसेको थियो ।

त्यसबखत ठूलाठूला भौगोलिक उथलपुथल भइरहन्थे । एक्कासि गोण्डावना ल्यान्ड दक्षिणी ध्रुवसँग छुट्टियो । ३ मिटर उत्तर सर्यो । पृथ्वीबीचमा उसिनेको अण्डाबीचमा फुटाएको जस्तो फुट्यो ।

पृथ्वी दुई भागमा बाँडियो । उत्तरी गोला पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्यान्ड !

यही घटनामा भूमध्यरेखीय क्षेत्रमा बर्मुडा ट्रयाङ्गल बन्यो । त्यो आजपर्यन्त अभेद्य छ ।

त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं ।

प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानीजानी धोका दिँदा मेरा केही सपनाहरू अधुरा नै रहने भए ।

राजनीतिक सपना राजनीतिक नेताहरूले गोलखाडी पुर्याइहाले । के कुरा गर्ने !

तिमी म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने, विश्वका आठैवटा आश्चर्यको रस्वास्वादन गर्ने !

माचिपिच्युमा पुरानो पोर्तुगिज खाना खाने । गोन्जालोको देश हेर्ने । माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ । त्यो तिमीले भाँडिदियौ !

मध्यरातमा घाम झुल्किएको फिन्ल्यान्ड, नर्बेबाट रस्वास्वदन हामी दुई साथै गर्ने सपना अधुरै रहने भयो !

ट्रान्स साइबेरियन ट्रेन चढेर ब्लादिभोस्तक जाने ! उलान बटोर र ऐतिहासिक गोवी मरुभूमिमा उँट चढ्ने सपना अधुरै रहने भयो !

मानव विकासक्रमको २४ लाख वर्षको इतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङ म्यान, लान्तियान म्यान, वुसान म्यानले गरेका उपलब्धि र आआदिबारे अलि सूक्ष्म अध्ययन गरी हाम्रो ठुँसाका बारे भौतिकरूपमै उपस्थित भएर अध्ययन गर्ने !

दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरूले एक ठूलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्यचकित हुने हाम्रा प्रागकालीन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसँगै पढने इच्छा अधुरै रहने भयो !

हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने वसन्त ऋतुमा अध्ययन/भ्रमणका रूपमा डुल्ने योजना थियो, त्यो अधुरै रह्यो !

प्रिय, म कोरोनाले लिएर जानका लागि सबै योग्यता पुगेको मान्छे म अरूले भने मृत्यु शैय्याबाट भन्थे होला, तर म भन्दिनँ ! कोभिडसँग पौंठेजोरी खेल्दै छु !! सायद म बाँच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि ! तर म आत्तिन्नँ !

यो अन्तिम घडीमा पनि मेरो धन मेरा लागि काम लाग्दैन भने त्यो धनको के काम ! आफ्नो पाउनुपर्ने त यो हालतमा दिँदैन भने मेरा निम्ति कहिलेलाई चाहियो ?

यो जीवनको जीवन–मरणको लडाइँका बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय, गरिखान मनग्य गरिदिएको छु ! बाँकी जीवन मोज गर ! मैले पूरा गर्न नसकेका अधुरा काम अरूसँगै पूरा गर ! आठै आश्चर्य हेर्ने/घुम्ने भोक मैले नै जगाइसकेको छु तिमीलाई, सक्षम पनि छौ ! लौ बधाई प्रिय !

२८/३० वर्ष तिमी साथै यो ६/७ महिनाबाहेक ज्यादै सुखद नै रह्यो ! यो ६/७ महिनाले मलाई गलायो, किनकि मैले तिम्रो मायामा विश्वासघात पाएँ !

मेरो सेयरको करिब २ वर्षको साँवा–ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो ! उसले पैसा नदिए सीधै मसँग मिल्न आइज, हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !

प्रिय, यदि तिमी जालीफटाहाकै पक्षमा लागि नै रहने हो भने मेरो र तिम्रोबीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय !!!

कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ, माफ गर प्रिय ! यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !! यो मेरो बिन्ती !!!

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्