मेराे चरित्र हत्या गर्न खाेजियाे : नारायणकाजी श्रेष्ठ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन् । एवं पूर्वराजदूत कमानसिंह लामाको मृत्यु भएपछि विभिन्न सञ्चारमाध्यममा नारायणकाजीसँग जाेडेर विभिन्न समाचार बाहिर आएका छन् । तर ती विभिन्न समाचारमा कुनै सत्यता नभएकाे श्रेष्ठले बताएका छन् ।

हाइड्राेपावरकाे सेयरकाे विषयमा विवाद हुँदा आफूले विवाद समाधानका लागि मध्यस्तता मात्रै गरेकाे नारायणकाजीले बताए । तर साेही विषयलाई लिएर लामाकाे निधन भइसकेपछि चरित्रहत्या गर्ने उद्देश्यले अडियाे सार्वजनिक गरिएकाे उनकाे भनाइ छ ।

काेराेना संक्रमण पुष्टि भएपछि लामाले लेनदेनकाे विवाद रहेकाे देखिने गरी सामाजिक सञ्जालमा स्टाटसहरू लेखेका थिए । तर ती कुनै पनि स्टाटसमा नारायणकाजीकाे नाम उल्लेख छैन । लामाले नामै उल्लेख नगरेकाे अवस्थामा उनकाे मृत्युपछि आफ्नाे नाम जाेडेर अतिरञ्जित तरिकाले प्रचार गरिनु दुर्भाग्य भएकाे उनले बताए ।

‘कमरेड लामा र मबीच लामाे समयदेखि निकटकाे सम्बन्ध थियाे । हाइड्राेकाे सेयरको विषयमा विवाद हुँदा उहाँकै अनुरोधमा मैले विवाद समाधानका लागि मध्यस्थता गरेकाे मात्रै हुँ’, उनले भनेका छन्, ‘यस घटनामा मेराे अलिकति पनि गल्ती देखिए जस्ताेसुकै दण्ड भोग्न तयार छु ।’ बाहिर आएकाे अडियाे र भिडियाेमै पनि त्यस्ताे आपत्तिजनक विषय नभएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...