‘केहि छाड्दिनँ,बहुमतको अगाडि झुक्दिनँ’ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

नेकपाका अध्यक्षद्वयबीच हिजो बालुवाटारमा सहमतिको लागि भएको भनिएको वार्ता असहमतिमै टुंगिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा १९ पृष्ठको प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको ३८ पृष्ठ लामो जवाफी पत्र छलफलको लागि अहिले स्थायी समितिमा पुगेको छ । २७ गते अर्थात आगामी आइतबारलाई बोलाईएको समितिको बैठकअघि सहमति गर्नेगरी बालुवाटारले बनाएको योजनाअन्तर्गत हिजो भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विगतदेखि भन्दै आए झैं ‘आफूले केहि पनि नछाड्ने,बहुमतको नाममा कुनै कारबाही वा प्रक्रिया अघि बढाइयो भने आफू पनि चुप लागेर नबस्ने बरु सकेको गर्ने’ बताउनुभएको थियो । पार्टीभित्रको समस्या चुलिएर पोखिने बेलामा पनि प्रधानमन्त्रीमा समाधानको लागि कुनै सकारात्मक पहल,भावना वा लचकता नै नदेखिएको बताइन्छ । उहाँले हिजो पनि ‘धम्कीको भाषा’ मात्रै व्यक्त गर्नुभएको खुमलटार स्रोतले बताएको छ ।

जवाफमा प्रचण्डले ‘आफू सँधै एकताको पक्षमा रहेको बताउँदै पार्टीको पद्धतिभित्र छिरेका विषय र विवादलाई अब बिधि र प्रक्रियाबाट सल्ट्याउनुपर्ने’ बताउनुभएको थियो । विगतमा सचिवालय सदस्यहरूले झैँ अहिले स्थायी कमिटीका विशेषगरी खुमलटार निकट भनिएका हरिबोल गजुरेल र टोपबहादुर रायमाझीहरूले दुईजना अध्यक्षबीच सहमतिको पहल गर्दै भेटघाटको लागि बालुवाटारलाई सुझाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...