प्रचण्डका घरबेटी शारदा अधिकारीको चोकचोकमा पोस्टर



हाम्रो इकोनोमि

 

कमलविनायकदेखि नगरकोटसम्मको सडक अलपत्र पारेपछि शारदाप्रसाद अधिकारीको पोस्टर चोक र सार्वजनिक सवारीमा टाँसेर स्थानीयले विरोधको नयाँशैली अपनाएका थिए । प्रचण्डका घरबेटी अधिकारीले जस्तै आयोजनाको ठेक्का लिएर ठेकेदारले अलपत्र पार्न थालेपछि सुदूरपश्चिमतिर पनि विरोधको यही रचनात्मक शैली अपनाउन थालिएको छ ।
हुलाकी सडक निर्माणको काम अलपत्र छाडेपछि स्थानीयले यसको जिम्मा लिएका ठेकेदारहरूको पोस्टर बनाएर बेलौरीको चोक–चोकमा टाँसेका हुन् । बेलौरीदेखि बेल्डाँडीसम्मको सडकको लम्बाइ २० किलोमिटर छ । गत वर्ष नै यो सडक निर्माण भइसकेको हुनुपथ्र्यो । तर  केही प्रतिशत मात्र पूरा भएको छ । अधिकांश काम बाँकी भए पनि अहिलेसम्म निर्माण कार्य थालिएको छैन ।

जिम्माअनुसारको काम नगरेपछि स्थानीयले निर्माणको ठेक्का लिएको सिद्धि शाही प्रकाश कन्स्ट्रक्सन र पटके ठेकेदारको पोस्टर बनाएर सार्वजनिक स्थानमा टाँसेका हुन् । ४ जना ठेकेदारको तस्बिरसहितको पोस्टरमा बुटाबारीदेखि बेलडाँडीसम्मको सडक निर्माण गर्ने ठेकेदार हराएको सूचना उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...