शेरबहादुर देउवा शीतल निवास छिरेपछि नेकपामा हँगामा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हस्तक्षेप गरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन् ।

गोप्य राख्न खोजिएको भण्डारी र देउवाबीच मंगलबार भएको भेटवार्ताको समाचार लिक भएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा मंगलबार साँझ पौने ५ बजेदेखि सवा ६ बजेसम्म सभापति देउवासँग भेट गरेकी हुन् ।

भेटवार्ताका विषयमा शीतल निवास र बुढानिलकण्ठले केही भनेको छैन । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले कांग्रेसका सभापति देउवालाई आफैले टेलिफोन गरेर भेट्न बोलाएकी हुन् ।

नेकपाभित्र चर्को आन्तरिक विवाद भइरहेका बेला राष्ट्रपति भण्डारीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गरेकी छिन् ।

यस अगाडि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका उपाध्यक्ष वामदेव गौतम, कृषिमन्त्री घनश्याम भुषाल, उर्जा मन्त्री वर्षमान पुनलगायतका नेताहरूसँग एक्लाएक्लै भेट गरिसकेकी छिन् ।

भण्डारीले नेकपाभित्रको आन्तरिक विवादमा हस्तक्षेपकारी भूमिका खेल्न खोजेर राष्ट्रपतिले संवैधानिक दायरा नाघेको भनेर आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...