एक भए विवेकशील-साझा, पहिलो पार्टी बन्ने दाबी



हाम्रो इकोनोमि

 

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा भएको छ। बुधबार भर्चुअल कार्यक्रम गरेर दुई पार्टी एक भएको घोषणा गरिएको हो एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। रवीन्द्र मिश्र छन्। संयोजक मिलन पाण्डे छन्।

दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनेछन्। सचिवालय २६ सदस्यीय छ।  महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ विगतमा यी दुई दल एकै थिए। उनीहरूले विगतमा फुटप्रति माफी मागेका छन्।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नुलाई दुर्घटनाको संज्ञा दिएका छन्।

उनले बराबरी सिद्धान्तअनुसार पार्टी एकीकरण गरेको बताए। आज बिहान चलेको हस्ताक्षर कार्यक्रमको भिडिओ कार्यक्रमको सुरूमै देखाइएको थियो।

पार्टी एकीकरण घोषणा कार्यक्रममा साझाका संयोजक मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको उल्लेख गरेका छन्। उनले सुशासनका लागि आफूहरू लागिपर्ने बताए।

‘यो वा त्यो वादमा बाँधिएर होइन। देशको सम्वृद्धिका लागि सुशासनलाई प्रधान मुद्दा बनाउन थालिएको छ,’ उनले भने। उनले भ्रष्टाचारविरूद्ध सबै लाग्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...